लमजुङ - लमजुङ प्रदेशसभा निर्वाचनअन्तर्गत प्रदेश ‘१’ मा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति डा टकराज गुरुङ विजयी भएका छन् ।
गएराति सम्पन्न मत गणनाअनुसार एक हजार एक सय ६१ मतान्तरले एमालेका जमिन्द्रमान घलेलाई पछि पार्दै गुरुङ विजयी बन्न सफल भएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार गुरुङले १८ हजार पाँच सय चार मत प्राप्त गरे ।
त्यस्तै, गुरुङका निकटतम प्रतिद्वन्द्वी एमालेका घलेले १७ हजार तीन सय ४३ मत पाउनुभएको छ । यस क्षेत्रमा कूल ३७ हजार चार सय ३६ मत खसेको थियो ।
यी दुवै नेताबीच यसअघि दोस्रो संविधानसभा सदस्य पदका लागि मुख्य प्रतिस्पर्धा भएको थियो । दुवैजना दोस्रो संविधानसभा सदस्य चुनावमा तत्कालीन क्षेत्र नं १ बाट चुनाव लड्दा गुरुङभन्दा सात सय ९८ मत बढी ल्याएर घले निर्वाचित भएका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०९:२०