काठमाडौं– हिमालयन बैंक लिमिटेडले २७ औँ बार्षिकोत्सवको अवसरमा विभिन्न योजनाहरू सार्वजनिक गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकले ग्राहकहरू माझ सेवा अभिबृद्धि गर्ने उद्देश्यले काठमाडौं, पोखरा, चितवनका विभिन्न ७५ भन्दा बढि स्थानमा विशेष छुटको व्यवस्था गरेको छ । बैंकका ग्राहकहरूले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, गहना गृह, कपडा, चश्मा तथा घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित समाग्री, खेलकुद समाग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक लगायत अन्य स्थानहरूमा भारी छुट पाउने छन् । बैंकले ती स्थानसँगको सहकार्यमा आङ्खना ग्राहकहरूको सुविधालाई मध्यनजर राख्दै अधिकतम ३५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । यस बैंकका ग्राहकले आफु हिमालयन बैंकको ग्राहक भएको कुनै पनि परिचय (डेबिट÷क्रेडिट कार्ड, चेक बुक) प्रस्तुत गरेमा उक्त स्थानहरूबाट निर्धारित छुट पाउने छन् ।
ग्राहकले छुट पाउने स्थान, प्रतिशत तथा समाग्रीहरूको बारेमा विस्तृत जानकारीका लागि हिमालयन बैंककोे अधिकारीक वेभसाइटमा गई हेर्न सकिने बैंकले जनाएको छ । हाल यो योजना ७५ भन्दा बढि स्थानबाट लागु भएकोमा निकट भविष्यमा बैंकले यस योजना देशभरि कम्तिमा २०० वटा थप स्थानहरूमा विस्तार गरि आफ्ना ग्राहकहरूलाई छुट सुविधा प्रदान गर्ने लक्ष्य लिएको प्रेस तथा जनसम्पर्क अधिकृत शीतल कोइरालाले बताए ।