काठमाडौं– एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुको प्रदेशसभामा १ मा लोकतान्त्रिक वाम गठबन्धनतर्फका नेकपा (माओवादी केन्द्र) का गोम्बु शेर्पा ((कर्ज्याङ) निर्वाचित भएको छ ।
उनले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उत्तमकुमार बस्नेतलाई एक हजार छ सय ३७ मतले पछि पर्दै विजयी हासिल गरेको हो ।
अन्तिम मत परिणामअनुसार शेर्पाले १० हजार ३५ मत प्राप्त गर्दा बस्नेतले आठ हजार तीन सय ९८ मत प्राप्त गर्नुभयो । प्रदेशसभामा जम्मा २० हजार चार सय चार मत खसेको थियो । पराजित बस्नेत निवर्तमान प्रदेशसभा सदस्यसमेत रहेको छ । दुई वटा प्रदेशसभा क्षेत्र रहेको जिल्लामा प्रदेशसभा २ मा एमालेका बुद्धिकुमार राजभण्डारी विजयी भएको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ११:२९