काठमाडौं– महालक्ष्मी विकास बैंक र ई–सेवा फोनपे प्रा. लि.बीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले ईसेवा फोनपेका एजेन्टमार्फत सजिलै बैंकको खाता खोल्न सक्नेछन् । उक्त खातामा बैंकले ग्राहकलाई निःशुल्क मोवाइल बैंकिङ सेवा, एटिएम सेवा र डलर कार्ड सेवा उपलब्ध गराउने जनाइएको छ । उक्त सम्झौतापत्रमा महालक्ष्मी विकास बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र ईसेवा फोनपे प्रा.लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हस्ताक्षर गरेका छन् । बैंकले भविष्यमा ईसेवाको अत्याधुनिक डिजिटल प्रविधिसँग सहकार्य गर्दै ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको पनि बताएको छ ।