काठमाडौं– चितवन क्षेत्र नं २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएको छ । लामिछानेले ३४ हजार एक सय ६२ मतान्तरले निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । तर औपचारिक घोषणा भने हुन बाँकी छ ।
उनले ४९ हजार दुई सय ६१ मत प्राप्त गरेको छ भने उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरेको छ । सोही क्षेत्रमा नेकपा (एमाले) का कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४९ मत प्राप्त गरेको छ ।