सप्तरी – सप्तरी क्षेत्र नं १ को (१) मा प्रदेशसभा सदस्य पदमा नेकपा (एमाले) का राजकुमार लेखी विजयी भएका छन् ।
सहायक निर्वाचन अधिकृत हरिशङ्कर महतोले लेखी १४ हजार दुई सय ९१ मत ल्याएर निर्वाचित भएको जानकारी दिए ।
उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवनन्दन मेहताले नौ हजार ९३ मत ल्याए । लेखीले पाँच हजार एक सय ९८ बढी मतले विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १२:३२