काठमाडौं– डडेल्धुरा प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम इञ्चार्ज खगराज भट्ट विजयी भएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका उमेदवार भट्ट १२ हजार एक सय १२ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएको हो ।
उनले सुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका पूर्वमन्त्रीसमेत रहेको नेकपा (एमाले) का पठानसिंह बोहरालाई दुई हजार नौ सय १७ मतले पराजित गरेको छ । बोहराले नौ हजार एक सय ९५ मत प्राप्त गरेको छ ।
स्वतन्त्र उम्मेदवार महेशसिंह धामीले एक हजार सात सय ५४, राप्रपाका पदमराज जोशीले सात सय ६२ मत पाएको छ । जम्मा २५ हजार तीन सय ६१ मत खसेकामा एक हजार तीन सय ३६ मत बदर भएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १२:५१