काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले थप चार वटा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले चितवनको टाँडी, लमजुंगको भोटेओडार, कपिलवस्तुको जितपुर तथा नुवाकोटको देवीघाटमा शाखा स्थापना गरी कारोबार सुरु गरेको छ । उक्त शाखाहरूको सञ्चालनका क्रममा स्थानीय प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुखलगायतको उपस्थिति थियो । यी शाखाहरू मार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरू छिटो, छरितो, सेवा दिने बैंकले प्रतिबद्धता जनाएको छ । यससँगै बैंकले सहयोगी विकास बैंकलाई मर्ज गर्ने प्रस्ताव पारित भई अन्तिम सम्झौतामा हस्ताक्षर समेत गरेको जनाएको बैंकका प्रवक्ता उमंग शर्माले बताए ।