काठमाडौं - स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र सन्राइज बैंक लिमिटेडबीच डिजिटल पेमेन्ट कारोबार गर्न सम्झौता भएको छ ।
ग्राहकहरुलाई लक्षित गरी स्मार्ट च्वाइस र र सन्राइज बैंकबीच स्मार्ट क्यू आर (Smart QR) प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको हाे ।
सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सनराइज बैंक लिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ एप सनराइज स्मार्ट प्लस ( -Sunrise Smart +) प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आरमार्फत गर्न सकिने बैंकले जनाएकाे छ ।
उक्त सम्झौतापत्रमा स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कायकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ दिलिप मैनालीले हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १७:५०