काठमाडौं– सानिमा बैंक लिमिटेड र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडबीच बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचारमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता बमोजिम सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ग्रान्डी अस्पताल साझेदार रहेका नेपालका विभिन्न अस्पतालमा उपचारको क्रममा सहजरूपमा भुक्तानीका साथै अस्पतालका विभिन्न सेवा सुविधाहरूमा ७.५ प्रतिशत छुट हुने बैंकका प्रमुख निक्षेप व्यवस्थापक विमल बास्तोलाले बताए । सम्झौतापत्रमा सानिमा बैंकको तर्फबाट प्रमुखनिक्षेप अधिकृत बबि सिंह गड्तौला र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका तर्फबाट प्रमुख मार्केटिङ्ग अधिकृत दिनेश पौडेलले हस्ताक्षर गरेका थिए ।