कञ्चनपुर- कञ्चनपुरका क्षेत्र नं ३ (२) मा नेपाली कांग्रेसका बेलबहादुर राना विजयी भएका छन् । उनले नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र विष्टलाई पाँच हजार छ सय चार मतले पराजित गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार रानाले १६ हजार एक सय ५२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका विष्टले १० हजार पाँच सय ४८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी स्वतन्त्र उम्मेदवार भीम कुमालले एक हजार आठ सय २२ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ३० हजार छ सय ६४ मत खसेको थियो । ती मध्ये एक हजार तीन सय ८३ मत बदर भएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १८:२२