काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नं. ५ अन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका–४, बर्दघाट र रूपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका–५, मणिग्राममा एकैसाथ २ वटाशाखा कार्यालय स्थापना गरि कारोबार सुरु गरेको छ । बर्दघाट शाखाको समुद्घाटन बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याल र बैंकका सञ्चालक भिम प्रसाद तुलाचन र मणिग्राम शाखाको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रूपमा उद्घाटन गरेका थिए । यी शाखासँगै बैंकले ११६ शाखाबाट आप्mनो बैंकिङ सेवा दिँदै आएको छ ।