काठमाडौं— नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रूपैयाँको साधारण सेयर निष्कासन गर्ने भएको छ । जलविद्युत तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न स्थापना भएको बैंकले १०० रूपैयाँ अंकित दरका सेयर निष्कासन गर्न लागेको हो । बैंकले साधारण सेयर निष्कासन गर्न बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा बैंकका नायव महाप्रबन्धक विनयनाथ न्यौपाने र एनआइबिएल एसका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।