विराटनगर – सोमबार विराटनगरबाट ‘स्वस्थ जीवन प्रवद्र्धनका लागि धुम्रपान तथा सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमन’ अभियान प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले शुरु गरेको छ । यस अभियानको मुख्य सन्देश ‘सूर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौँ’ रहेकोे छ ।
धुम्रपानले समाजलाई नकारात्मक बाटोतर्फ लाने हुनाले सूर्तीजन्य पदार्थको बिक्रीमा रोक लगाउनुपर्ने समाजिक विकासमन्त्री जीवन घिमिरेले बताउनुभयो । उहाँले केही वर्षमै प्रदेश नं १ लाई धुम्रपानमुक्त घोषणा गर्ने र यस कदमका लागि सबैको सहयोग चाहिने बताउनुभयो । सोही सन्दर्भमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पनि यस अभियान सफल हुन सूर्तीजन्य पदार्थ बेचबिखनदेखि उत्पादनसम्म सबैमा रोक लगाउनुपर्नेे बताउनुभयो । समाज स्वच्छ बनाउन विद्यालय, कलेज जस्ता संवेदनशील स्थानमा यस्ता सामानको बिक्रीमा रोक लगाउनुपर्ने र बिक्री–वितरण गर्नेलाई कानूनअनुसार सजाय दिनुपर्ने त्यस कार्यक्रमका सहभागीले थप बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६ ११:०१