बाँके- नेपालमा जवाफदेहिता कार्यक्रम अन्तरगत बाँके जिल्लामा सञ्चालीत सामाजिक जवाफदेहिताका लागि सार्वजनिक बित्त ब्यवस्थापन परियोजना प्रभावकारी भएको बताईएको छ ।
प्रान, सेसीको सहयोगमा बास र हरप्लेसद्धारा संचालित परियोजनाको जिल्ला स्तरीय समिक्षा गोष्ठीका सहभागीहरुले सो कुरा बताएकाहुन् ।
परियोजना संचालन पछि उढरापुर गाविस कार्यालयमा नागरिक सहायता कक्ष सञ्चालन भएको जुन नौलो र अनुकरणीय कार्य भएको बासको परियोजना अनुगमन टोलीका सदस्य नेकपा एमालेका जिल्ला सचिव रत्न खत्रीले बताए । उनले नागरिक सहायता कक्ष सबै गाविस र कार्यालयहरुले संचालन गर्न आवश्यक रहेको बताए । बासद्धारा परियोजना संचालित गाविस मध्ये बागेश्वरी र उढरापुर गाविसमा जिल्ला स्तरीय अनुगमन समितिबाट अनुगमन गरे पश्चात अनुगमन प्रतिबेदन सार्वजनिक गर्दै खत्रीले गाविसले परियोजना संचालन पछि बागेश्वरी गाविसले नागरिक बडापत्रको प्रयोग गरेको, बजेट सार्वजनिक गर्ने परिपाटीको बिकास भएको, वडा नागरिक मन्च र नागरिक सचेतना केन्द्रका पदाधीकारीहरुको क्षमता अभिबृद्धी भएको, गाविसमा संचालित परियोजनाहरुको वडा नागरिक मन्चले अनुगमन गर्ने गरेको, स्वास्थ्य सिविरहरु संचालन भएको, अनुगमन गरेका दुबै गाविसहरुले २ पटक सार्वजनिक सुनुवाई गरेको, गाविसका कर्मचारीहरुको क्षमता अभिबृद्धी भएको लगायतका उपलब्धीहरु अनुगमनको क्रममा देखिएको उनले बताए ।
कार्यक्रममा बोल्दै अनुगमन समितिका सदस्य तथा जिल्ला बिकास समितिका बरिष्ठ कार्यक्रम अधिकृत सरद पौडेलले परियोजना संचालित गाविसमा सुशासन र पारदर्शिताका लागि धेरै महत्वपूर्ण कार्यहरु भएको बताए ।
गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष प्रमोद कुमार रिजाले सरकारी निकाय र गैससको समन्वयमा काम भएको गाविसमा राम्रो विकास भएको बताए । उनले स्थानीय निकाय र गैससको समन्वय र सहकार्यलाई थप मजबुत बनाउनु पर्ने धारणा राखे । कार्यक्रममा बोल्दै पत्रकार अमृता केसीले बासको अनुगमनको क्रममा उढरापुर गाविसले संचालनमा ल्याएको नागरिक सहायता कक्ष निकै प्रभावकारी भएको पाएको बताईन् । संस्थाले परियोजना मार्फत प्राप्त उपलब्धीहरुलाई सम्बन्धित गाविसले प्रभावकारी रुपमा प्रयोगमा ल्याउनु पर्नेमा सहभागीहरुको जोड थियो ।
कार्यक्रममा स्वागत तथा उद्धेश्य माथि प्रकास बासका अध्यक्ष मन भण्डारीले गरेका थिए भने कार्यक्रमको समापन जिल्ला विकास समितिका बरिष्ठ कार्यक्रम अधिकृत सरद पौडेलले गरेका थिए । कार्यक्रममा ३० बढीको सहभागीता रहेको थियो ।