काठमाडौं- कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज समूह चरण अन्तर्गत समूह ‘ई’काे पहिलो खेलमा समूह ‘ई’ मा रहेको जापान कोस्टारिकासँग पराजित भएकाे छ ।
यी दुईबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु भएकाे थियाे । कोस्टारिकाले जापानविरुद्ध एक गाेल गरेकाे छ ।
पहिलो खेलमा जापानले बलियो मानिएको जर्मनीलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।कोस्टारिका याे पहिलो जित रहेकाे छ । कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७-० को अन्तरमा पराजित भएको थियो ।
अब दोस्रो खेलमा समूह ‘एफ’ का बेल्जियम र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा क्यानडालाई १-० गोलअन्तरले पराजित गरेको बेल्जियम आजको खेलमा पनि जित हात पार्न चाहान्छ । पहिलो खेलमा मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो ।यसैबीच तेस्रो खेलमा क्रोएसिया र क्यानडा खेल्ने छन् ।
समूह ‘एफ’ का क्रोएसिया र क्यानडा बीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । क्रोएसिया र क्यानडा पहिलो जितको खोजीमा हुने छन् ।पहिलो खेलमा क्रोएसियाले मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो भने क्यानडा बेल्जियमसँग पराजित भएको थियो ।
त्यस्तै चौंथो खेलमा समूह ‘ई’का जर्मनीले स्पेनको सामना गर्नेछ । जर्मनी र स्पेनको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९ १७:४२