काठमाडौं – कारोबारको दोस्रो दिन सोमबार आज प्री–ओपन सेसनमा नेप्से परिसूचक २.९५ अंकको वृद्धि भएको छ । आइतबार १९६५.९८ बिन्दुमा बन्द भएको नेप्से आज प्री ओपन सेसनमा २.९५ अंकले बढेर १९६८.९३ बिन्दुमा पुगेको छ ।
सेन्सेटिभ इण्डेक्स भने ०.६४ अंक बढेको छ। सोमबार प्रि-ओपन सेसनमा १६ स्टकको १४ लाख ६१ हजार ४४८ रुपैयाँ ७९ पैसा बराबरको ३ हजार २४० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर छ।
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९ १२:०३