एजेन्सी– धेरैजसो विज्ञहरूले गर्भावस्थामा महिलाहरूलाई रक्सी नपिउन सल्लाह दिन्छन्। रेडियोलोजिकल सोसाइटी अफ नर्थ अमेरिका ‘आरएसएनए’ मा गरिएको एक अध्ययनले गर्भावस्थाको समयमा थोरै मात्र रक्सी पिउनाले पनि बच्चाको मस्तिष्कमा असर पुग्ने बताएका छन् ।
गर्भावस्थाको समयमा थोरै मात्रामा रक्सीले पनि बच्चा जन्मनु अघि नै असर गर्ने बताएका छन् ।विज्ञहरू भन्छन्,‘ गर्भावस्थाको समयमा रक्सीले ‘भ्रूण अल्कोहल सिन्ड्रोम’ विकारहरूमा प्रकट हुन सक्छ, जसले व्यवहारिक समस्याहरू निम्त्याउन सक्छ। मदिराको सानो मात्राले पनि विकासशील बच्चाको मस्तिष्कको संरचनामा परिवर्तन आउनुका साथै मस्तिष्क विकासमा ढिलाइ समेत हुन्छ ।’
सो अध्यानका अनुसार गर्भावस्थाको समयमा कहिलेकाही मदिरा सेवन गर्नु पनि बच्चाको लागि घातक हो ।
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९ १२:१८