रुख ठूलो कि मान्छे ?
बाँदर ठूलो कि मान्छे ?
चितुवा ठूलो कि मान्छे ?
यी प्रश्न प्रायः वादविवादहरुमा आउने गर्दछन् । मानव आफैं पनि जनावर हो । तर, अन्य जनावरभन्दा मानव पृथक र सचेत छ मानव । जमात ठूलो छ । मानवले अन्य जनावरलाई नियन्त्रणमा राख्ने क्षमता राख्दछ । विभिन्न आविष्कार गर्न सक्छ । विज्ञानको भरपुर उपयोग गरेको छ । अन्य जनावरहरुलाई आफ्नो फाइदाका लागि उपयोग गर्ने गर्दछ ।
अन्य जनावर र रुख बिरुवा अवोध छन् । हाम्रो भाषा बोल्न सक्दैनन्, यिनले मानव भाषा बुझेको या नबुझेको मानिसले छुट्याउन सक्दैन । जनावरको भाषा हामी बुझ्न सक्दैनौं । हामी मानिसले मात्र आफूले बुझिने भाषामा हाम्रो जीवन महत्वपुर्ण र सर्वश्रेष्ठ भनेका छौं । हामीले बाघको समाजमा त्यसको महत्वपुर्ण र उपयोगिता कति छ ? समग्रमा एक जना मानिस र एउटा बाघको के कति योगदान छ, वैज्ञानिक तवरले बीचमा बसेर मूल्यांकन नै गरेका छैनौं । मूल्यांकन गरेको भए पनि मानवलाई नै केन्द्रमा राखेका छौं । त्यसैले ती अवोध जनावरको जीवन हामीलाई मूल्यहीन लागेको हो ।
मेरोे हकमा म एक जना व्यक्तिकोे जीवनभन्दा बाघ, बाँदर, चितुवाको जीवन महत्वपुर्ण छ । हामीले दैनिक उनीहरुको बासस्थान नास्दै आएका छौं । म आफ्नो एक छाक रमाइलो भोजनका लागि जनावरको एक महिनाको भोजन खाइदिन्छु÷नष्ट गरिदिन्छु । मेरो जनसंख्या ठूलो छ, त्यसको संख्या सीमित छ । म यत्रतत्र जान सक्छु । तर, उसलाई यत्रतत्र जान छुट छैन । म सर्वभोगी छु । ऊ निश्चित आहार र विहारको अनुशासन कडारुपले पालना गर्छ ।
हामी रमाइलोका लागि आफन्त भेट्न १०० किलोमिटरको टाढा यात्रा गर्छौं तर त्यो जनावर आफ्नो बच्चालाई दूध चुसाउन जाँदा, आफ्नो श्रीमती श्रीमान् खोज्न जाँदा, आहारा खोज्न जाँदा हामी पासोमा पारिरहेका छौं । हामी आफू कराउन, हिँडडुल गर्न अघाउञ्जेल खान आफ्नो बासस्थानमा बस्नलाई आफ्नो मौलिक हक भनेका छौं । तर, त्यही जनावरलाई त्यस्तै मौलिक हक उपयोग गर्न दैनिक व्यावधान खडा गरिरहेका छौं । अनि ठूलो स्वरले कराउँछौं ‘बाघ मेरो बस्तीमा छि¥यो’ ।
आजसम्म हाम्रो स्वतन्त्रतालाई कहीँ कतै योजनाबद्ध किसिमले जनावरले बाधा पारेको छैन । छ त केवल हामीले नै हाम्रो स्वतन्त्रतालाई बन्धनमा बाँधेका छौं । त्यो भन्दा बढी दिनदिनै हामीले विकासको नाममा, आफ्नो स्वतन्त्रताको नाममा, भोजनको नाममा वा दैनिकीको नाममा ती जनावरको स्वतन्त्रता हामीले हनन् गरिरहेका छौं ।
प्रकृतिको समान सन्तान भएता पनि हामी आफूलाई सर्वश्रेष्ठ ठानेका छौं । हामी आफू र अन्य जनावरको उद्धारक सम्झन्छौं । वास्ताविकतामा हाम्रो दैनिकीको उद्धारक हामीबाहेकका प्रकृतिका अन्य सन्ततिहरु हुन् । तिनको बलियो उपस्थितिले नै हाम्रो उपस्थिति सार्थक बनेको हो ।
यो वास्ताविकता पुस्तक पढेर, सुनेर मात्र बोध हुँदैन त्यसको लागि ज्ञान चाहिन्छ । मन चाहिन्छ– त्यो अवोध जनावरको चित्कार सुन्ने, बुझ्ने अनि त्यहीअनुसार व्यवहार गर्ने । शुद्ध पवित्र र परोपकारमय जीवन त जनावरले मात्र बिताएका हुन्छन् । हामी विनाकर्मको, विनाउपलब्धिको लडाइँमा दैनिकी बिताइरहेका छौं । अनि दोष जनावरलाई दिइरहेका छौं ।
आजसम्म हाम्रो घरको अगाडि बाघको हुल आएर जुलुुस लगाएको छ ? आजसम्म हामी खेतीको बीचमा बाँदरले घर बनाएर बसेको छ ? आजसम्म हाम्रा वयस्क मानिसलाई छानीछानी नीलगाईले लात हानेको छ ? आजसम्म बँदेलको हुलले बस्तीको बीचमा महिनौं घर जमाएर बसेको छ ?
हो, हाम्रो परिवेशमा यिनको उपस्थिति भएको छ, मृत्युलाई हामीलेभन्दा नजिकबाट यी जनावरले भोगेका छनन् । छैन भने हामीलाई किन सिकारका लागि वयस्क बाघ नै चाहियो ? किन जनावरको बासस्थान बिगार्न लाइन लागेर जान्छौं ? किन पिकनिकमा ठूलो स्वरमा स्पिकर बजाउँदै सुत्केरी नजिक गइ नाममात्रकोे उत्सव मनाउँछौं ?
यदि हामीले आफ्नो बानीलाई सुधारेनौं, सुधार गर्न लगाएनौं भने एक दिन सहअस्तित्व हराएर जान्छ । प्रकृतिको आफ्नो चक्रलाई हाम्र्रो दुस्साहासले लर्कारीरहेका छौं, बिगारीसकेका छौं । हामी विनासको चरणमा छौं । ‘भयानक गम्भीर चरणमा’ सहअस्तित्व स्वीकार्नु मानव जीवन पवित्रताको सौन्दर्य हो । प्रकृति अनुपम, अगाध र सिलसिलाबद्ध छ, उत्सवपूर्ण छ । यसमा अनुभवजन्य र स्पर्श गर्न सकिने आनन्दको लहर र हास्य रस छ । यो बोध गर्न सम्यक ज्ञान आवश्यक पर्छ ।
प्रकृतिको साहाराविना मानिसको उत्कर्स बेकार छ । प्रकृतिका ऋचाहरु यत्रतत्र छन् । त्यसको आयामलाई बोध गर्न नसक्नु मानव जातिको बैगुन हो । प्रकृति स्वतन्त्र छ । तर, मानिस परजीवि छ । प्रकृतिले हामीलाई कति सम्हालेको छ । हरेक अप्ठ्यारोमा प्रकृतिले साथ दिएको छ । मानव त्यही अप्ठ्यारोमा प्रकृतिको त्यो साथलाई दुरुपयोग गरिरहेको छ । मानिस प्रकृति विनासमा उद्धेलित छ तर प्रकृति शान्तसंग त्यो दमन सहेर बसेको छ । त्यो दिन हामीसँग आशबाहेक केही हुने छैन ।
प्रकृतिकोे माया प्रत्येक पललाई बोध गर्न नसक्नु नै ती जनावरको अनादार हो । साँच्चि नै प्रकृति अथाह महाविद्यालय हो । एकचोटि हृदयको प्रकृतिसँग मिल्न सिक, जीवन उत्कर्ष हुन्छ । रुखसँग बढ्न सिक, पानीसँग बहन सिक, चरासँग उड्न सिक, जनावरसँग लुक्न सिक, झारसँग जमिनको महŒव बुझ्न सिक, हावासँग शुद्धता सिक, घामसँग उत्साह सिक । किन अवोध ती जीवभन्दा आफूलाई अहम् ठान्छौं ?
खोलाको पानीले खिएको ढुंगा आफ्नो अस्तित्व कायम नै राख्छ बालुवा बनेर । सयौं जितलाई जित भन्न सकिन्छ तर प्रकृतिसँग जुध्न सकिँदैन । हुन छ मानव जातिको सर्वनास मानव आफैंबाट भएको देखिन्छ । आफ्नो दूध चुसाउँदैको बच्चा लुटेको बेहोरेका छन् । आफूसँग रसलीला गर्दै गरेको अर्धांगिनीको सिकार बेहोरेका छन् । आफूलाई भेट्न आएका आफ्नै पे्रमी सडकमा भनेर स्वीकार गरेका छन्, आफ्नो आहारा पटक–पटक लुटेको खाली पेटले स्वीकार गरेका छन्, अनि आफ्नो पुख्र्यौली वासस्थान मान्छेले हडपेकाले निःशब्द भई विस्थापित भएका छन् ।