काठमाडाैं - नेपाली मौलिक लोक दोहोरीको स्वादमा पश्चिमी राग मिश्रण हुँदै गएको अवस्थामा भर्खरै मात्र लोकप्रिय गायिका शारदा रसाइलीले "चलाउछु भुइचालो" बोलको गीतलाई सार्बजनिक गरेकी छिन् ।
स्थायी घर लमजुङ्ग र हाल काठमाण्डौमा रहेर आफ्नो सांगीतिक यात्रालाई अगाडी बढाईरहेकी रसाइलीले केहि समय अगाडी मात्र खर्क की चेली भाग १ आउ नाचौं' बोलको गीतलाई सार्बजनिक गरेकी थिइन् ।
यो मात्र नभई दैनिक जसो उनि गीत संगीत रेकर्डमा ब्यस्त रहेकी छिन् । शारदा रसाइली द्वारा स्वरबद्ध गीत अहिले बजारमा अशंख्य रहेको छ । नारायण दंगालको संगीत संयोजन रहेको उनको भर्खरै सार्बजनिक भएको गीतमा सन्तोष बि.सी, शारदा रसाइली नारायण दंगाल, प्रेम दिप राम्जाली, जयन्त मगर र माया मगरको सुमधुर स्वर सुन्न सकिन्छ ।
गीतलाई लय सन्तोष बि.सी ले भरेका हुन् भने शब्द गायिका स्वयम् शारदाको रहेको छ । आफ्नै गाउँ वस्तीमा हुने जात्रा र मेला पर्वमा गाइने साथै त्यस्तै रितिरिवाजलाई केन्द्रित गरेर तयार पारिएको यस गीतको म्युजिक भिडियो पनि उस्तै बनाइएको छ ।
भिडियोमा सन्तोष बि सी, सारदा रसाइली, नारयण दंगाल, सपना गुरुङ्ग र सुमनको आकर्षक अभिनय देख्न सकिन्छ । शारदा रसाइली युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियोलाई सुमन्त बानियाँले निर्देशन गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पदान राज धामीले गरेका छन् ।
https://www.youtube.com/watch?v=riu8VQVo6tc
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९ १६:२८