काठमाडौं– कतारमा जारी फिफा विश्वकपमा फुटबल २०२२ मा आज बिहिबार भइरहेको समूह जी को पहिलो खेलमा सर्बिला र क्यामारुन बराबरीमा राेकिएका छन् ।
क्यामारुनले खाेलेकाे खातामा खेलको ४५औँ मिनेटमा दुई गोल गर्दै सर्बियाले खेललाई अग्रता लिएको थियाे ।
दोस्रो खेलमा समूह ‘एच’ को दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुनेछ । घाना पहिलो खेलमा पोर्चुगलसँग ३-२ को अन्तरले पराजित भएको हो । दक्षिण कोरियाले उरुग्वेसँग गोल रहित बराबरी खेलेको हो ।
तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । ब्राजिल र स्विट्रल्याण्ड दोस्रो जितको खोजीमा स्टेडियम ९७४ मा खेल्ने छन् ।पहिलो खेलमा ब्राजिलले सर्बियालाई २-० गोलले पराजित गरेको थियो । स्विट्जरल्यान्डले भने क्यामरुनलाई पराजित गरेको थियो ।
त्यस्तै चौंथो खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । समूह ‘जी’ मा रहेको पोर्चुगल र उरुग्वेबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । पोर्चुगल लगातार दोस्रो जितको योजनामा रहेको छ । उरुग्वे पनि पहिलो जितको योजनामा रहेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९ १८:२४