पाकिस्तान - पाकिस्तानको तालिबान समूहले गत जुनमा सरकारसँग भएको युद्धविराम फिर्ता लिएको छ ।
साथै उक्त समूहले आफ्ना लडाकुहरूलाई देशभर आक्रमण गर्न आदेश दिएको छ ।
विभिन्न क्षेत्रहरूमा मुजाहिद्दीनहरू विरुद्ध सैन्य कारबाही चलिरहेको हुनाले त्यसका विरुद्ध प्रत्याक्रमण आवश्यक रहेको भन्दै युद्ध विराम अन्त्य गरेको विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९ १९:३८