काठमाडौं– नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अब विकास बैंकहरूलाई नेपाल राष्ट्र बैंकबाट संचालित आरटीजीएस प्रणालीसँग इन्टिग्रेसन गर्न सहयोग गर्नेछ । यस सम्बन्धमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले मुक्तिनाथ विकास बैंक, ज्योति विकस बैंक, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक र लुम्बिनी विकास बैंकसँग भिन्दा–भिन्दै सम्झौता गरेको छ । उक्त सम्झौता अनुरूपा, नेपाल क्लियरिङ्ग हाउसले बैंकहरूलाई आरटीजीएसप्रणाली मार्फत् कारोबारहरू गर्न तथा आफ्नो कोर बैंकिङ्ग प्रणालीमा जोड्न चाहिने आवश्यक प्रविधि उपलब्ध गराउने भएको छ ।
विकास बैंकहरूसँगको यस सम्झौतासँगै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले नेपाल राष्ट्र बैंकको उक्त प्रणालीको प्रभावकारिता बढाउन विशेष सहयोग पु¥याउने अपेक्षा गरिएको छ । आरटीजीएस प्रणालीमा ठूलो मुल्यका र तत्काल भुक्तानी गर्नुपर्ने कारोबारहरू सदस्य बैंक र वित्तिय संस्थाहरूबीच गरिन्छ । आरटीजीएस प्रणालीलाई तत्काल फण्ड प्राप्त गर्न र अन्यभुक्तानी प्रणालीको फर्छौट सम्बन्धी जोखिम न्यूनीकरण गर्र्न प्रयोगमा ल्याइने एक राष्ट्रिय भुक्तानी प्रणालीको मेरुदण्डको रूपमा लिइन्छ । नेपालमा आरटीजीएस प्रणाली नेपाल राष्ट्र बैंकले लागू गरेको हो ।