काठमाडाैं - देशका धेरै ठाउँमा बिहानैदेखि कुहिरो लागेको छ । पहाडी क्षेत्र र तराईका जिल्लामा कुहिरो लागेकाले भिजिबिलिटी घटेको मौसमवि मञ्जु बासीले बताए ।
काठमाण्डौको बिहानको भिजिबिलिटी ५ सय मिटरमा झरेको छ । कुहिरो हट्न थालेसँगै बिस्तारै भिजिबिलिटी बढ्न थालेको छ । तर, विमान उडान र अवतरण हुने गरी अझै मौसम खुलेको छैन ।
भिजिबिलिटी घटेकाले अहिले आन्तरिक र बाह्य दुवै उडान ठप्प भएका छन् । काठमाडाैको त्रिभुवन विमानस्थलबाट उडान सुरु गर्न अझै एक घण्टा पर्खिनु पर्ने मौसमविद् बासीले बताइन् ।
सामान्यतया उडानका लागि भिजिबिलिटी ३ हजार मिटरको चाहिन्छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी ह्वात्तै घटेकाले उडान ठप्प भएको छ । भिजिबिलिटी बढेपछि उडान सुरु गर्ने कार्यालयले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९ ०८:४२