काठमाडौं– धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा (एमाले) का रघुवीर महासेठले ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको छ ।
यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा उनले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतले पछि पारेको हो । यादवले ३२ हजार एक सय १२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।