एजेन्सी– जाडो मौसम सुरु भएसँगै नेपाली बजारमा सखरखण्ड पाइन थालेको छ । खानमा निकै मीठो मानिने सखरखण्ड स्वास्थ्यको लागि पनि राम्रो मानिन्छ । यसमा बहुमुखी पौष्टिक तत्व साथै भिटामिन ए, भिटामिन सी र म्यांगनीज पाइन्छ जसले रोग प्रतिरोधक क्षमतालाई बलियो बनाउछ ।सखरखण्ड आन्द्रा , मस्तिष्क , र आँखाका लागि निकै लाभदायक छ । यसले जाडोमा शरीरलाई न्यानो बनाइराख्न मदत गर्छ ।
यसमा स्टार्च हुने भएकोले यसको एक सय ग्राममा ९० क्यालोरीसम्म हुन्छ । यस्तै फोलेट, आइरन, म्याग्नेसियम, कपर, भिटामिन आदि पनि प्रशस्त पाइन्छ ।
यसका फाइदा
– छालालाई स्वच्छ बनाउनुका साथै चाउरीपनाबाट रोक्न मदत गर्छ ।
–डायट्री फाइबर र कार्बोहाइड्रेट उच्च पाइने भएकोले रगतको मात्रा बढाउँन सहयोग पु¥याउँछ ।
–यसमा पाइने क्यारोटिनाइडले रगतमा चिनीको मात्रा नियन्त्रित गर्न सघाउँछ । मधुमेहका बिरामीका लागि लाभदायक मानिन्छ ।
– रक्तचाप नियन्त्रण गर्न सखरखण्डको सेवन लाभदायक मानिन्छ । रगतमा चिनीको स्तर नियन्त्रित रहन्छ र इन्सुलिन बढ्दैन ।
–यसमा भएको पोटेसियमले स्नायु प्रणालीको सक्रियतालाइ राम्रो बनाइराख्नुका साथै मिर्गौंलालाई स्वस्थ राख्न सहयोगी भूमिका निभाउँछ ।
– यसमा प्रशस्त मात्रामा भिटामिन बी–६ पाइने हुँदा शरीरमा होमोसिस्टिन नामक अमिनो एसिडको प्रवाहलाई नियन्त्रण गर्छ ।
यसमा भिटामिन डी प्रशस्त हुन्छ । यसका कारण हाड, दाँत, नशा, छालाको लागि यसको फाइदाजनक मानिन्छ ।
–भिटामिन ए पनि प्रशस्त पाइने हुनाले आँखा तेजिलो बनाउन मद्दत गर्दछ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९ १०:५८