काठमाडौं– निर्वाचन आयोगले ४ एआएजी पदमा बढवा गर्न अनुमति दिएको छ । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा बढुवाको तयारी गरिएको छ । अहिले प्रहरीमा ४ वटा एआईजी पद रिक्त छ । रिक्त पदमा बढुवाका गर्न गृह मन्त्रालयलाई निर्वाचन आयोगले अनुमति दिएको छ ।
गृह मन्त्रालयको आग्रह अनुसार आयोगले बढुवा गर्न अनुमित दिएको बताइएको छ । मंसिर १९ सम्म निर्वाचन आचार संहिताका कारण आयोगको अनुमित बिना सरुवा र बढुवा गर्न मिल्दैन । आयोगले आवश्यकता अनुसार प्रहरी अधिकृतहरुको सरुवा गर्न पनि मन्त्रालयलाई अनुमति दिएको छ ।
२०७९ साउन २० मा एआईजी विश्वराज पोखरेल, भदौ २३ मा मुकुन्दराज आचार्य, कार्तिक १४ मा अरुण बि।सी र कार्तिक २४ मा रबिन्द्र बहादुर धानुकले अवकाश पाएका थिए । उनीहरुको अवकाशसँगै प्रहरीमा चार दरबन्दी रिक्त भएको छ ।
रिक्त ४ वटा एआईजी पदमा बढुवा हुन करिब एक दर्जन डिआईजी प्रतिस्पर्धामा छन् । मधेस प्रदेशका डिआईजी मसाउद अलम खाँ, लुम्बिनी प्रदेशका नल प्रसाद उपाध्याय र सुदुरपश्चिम प्रदेशका मोहन कुमार आचार्य मेरिट लिस्टमा अगाडि छन् । उनीहरु अहिलेका आईजीपी धिरज प्रताप सिंहसँगै २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका ब्याचमेट हुन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९ १२:१३