काठमाडौं– विवाहको मौसमलाई लक्षित गरी नेपालका लागि यामाहा टू–ह्वीलर्सको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा. लि.ले यामाहा सलुटोका ग्राहकहरूका लागि आकर्षक योजना अघि सारेको छ ।
‘दाम्पत्य जीवनको शुरुवात्, यामाहा स्यालुटोको साथ’ शिर्षक राखिएको यस योजनाले विवाहको मौसममा नवविवाहित दम्पत्तिहरू र भर्खरै सम्बन्धमा जोडिएको परिवारहरू माझ थप खुशी र हर्ष ल्याउने अपेक्षा अनुरूप यामाहा सलुटो र यामाहा एसजेड आरआरभी २.० को खरिदगर्ने ग्राहकले भिडियोकनको ३२ इन्च एलइडि टिभी पाउने योजना सार्वजनिक गरेको छ । यो योजना माघ ५ गतेदेखि नेपालभर रहेका सबै यामाहा डिलरहरूमा लागू गरिएको कम्पनीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।