एजेन्सी– लेफ्टिनेन्ट जनरल असिम मुनीरले पाकिस्तानको १७ औँ सेना प्रमुखको रुपमा कमाण्ड सम्हालेका छन् । सेना प्रमुख जनरल कमर जावेद बाजवाको बिदाईसँगै उनले आज कमाण्ड सम्हालेका हुन् ।
देशको सबैभन्दा शक्तिशाली व्यक्तिको रूपमा आफ्नो छ वर्षको कार्यकालको अन्त्य गर्दै जनरल बाजवाले रावलपिण्डीमा आयोजित एक समारोहमा लेफ्टिनेन्ट जनरल मुनीरलाई कमाण्डको प्रतीकका रुपमा रहेको डण्डा हस्तान्तरण गरेका दैनिक अखबार डनले जनाएको छ ।
बाजवाले करिब छ वर्षको विस्तारित कार्यकाल पूरा हुनुभन्दा केहीअघि जनरल मुनीर र जनरल साहिर शमशाद मिर्जासहित छ जनालाई संभावित भावी प्रधानसेनापतिका रुपमा चित्रित गरिएको थियो । जनरल मुनीरको नियुक्तिसँगै नयाँ सेना प्रमुखको नियुक्तिलाई लिएर फैलिएका अफवाह, अनिश्चितता र अनुमानको पटाक्षेप भएको छ ।
पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खान, उनका अनुयायी र उनको सामाजिक सञ्जालका समर्थकले गत वैशाखमा अप्रिलमा पीटीआई सरकारलाई इस्लामाबादको पावर कोरिडोरबाट बाहिर निकालेपछि पाकिस्तानी जनतामा अभूतपूर्व उन्माद छाएको थियो । सरकारले खानलाई राजनीतिक लाभका लागि नयाँ सेना प्रमुखको नियुक्तिलाई विवादास्पद बनाएको आरोप लगाएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९ १४:५२