काठमाडाैं- सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् ।
नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले हालसम्म तीन सय २८ मतको अग्रता कायम राखेका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार्कीले २६ हजार पाँच सय ६३ तथा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार जगदीश कुसियैतले २६ हजार दुई सय ३५ मत प्राप्त गरे ।
उक्त क्षेत्रमा मतगणना दुई दिनसम्म रोकिएर मङ्गलबारदेखि पुनः सुरु भएको हो ।
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९ ०९:०९