एजेन्सी– कतार विश्व कप संगठनमा संलग्न एक शीर्ष कतारी अधिकारीले पहिलो पटक फिफा विश्वकप फुटवल टूर्नामेंटका लागि ४०० र ५०० को बीचमा कामदारको मृत्युको संख्या रहेको पहलो पटक स्कार गरेका छन् ।कतारको सुप्रीम कमिटी फर डिलिवरी र लिगेसीका महासचिव हसन अल–थवादीले बेलायती पत्रकार पियर्स मोर्गनसँगको अन्तर्वार्ताका क्रममा सो कुरा स्कारेका हुन् ।
कतारले श्रमिकको मृत्यु यति धेरै भएको खुलासा गरेको यो पहिलो पटक हो । यसअघि विश्वकपको तयारीका क्रममा ज्यान गुमाउनेको संख्या ३७ देखि ४० सम्म रहेको कतारले बताउदै आएको थियो भने हृदयघातजस्ता कारणबाछ मृत्यु भएको पनि भनिएको थियो ।
थावादीले भने, ‘यो सङ्ख्या करिब चार सयदेखि पाँच सयको बीचमा छ । मसँग यकिन सङ्ख्या छैन, तर छलफल भइसकेको छ । तर स्पष्टसँग भन्नुपर्दा एक जनाको मृत्यु पनि धेरै नै बढी हो ।’
सन् २०१० मा विश्वकप फुटबल आयोजनाका लागि अनुमति पाएपछि कतारले आफ्नो पूर्वाधार निर्माण गर्न थालेको थियो । अहिलेसम्मकै महँगो विश्वकप मानिएको यसमा २०० अर्ब डलरभन्दा बढी खर्च भएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९ ११:१४