एजेन्सी– टिभी रियालिटी स्टार किम कार्दशियन र र्यापर कान्ये वेस्टले सम्बन्धविच्छेद गरेका छन् । किम र कान्ये वेस्टले मंगलबार लस एन्जलसमा आफ्नो सम्बन्धविच्छेद गराएका हुन् ।
अदालतका अनुसार, किमले आफ्ना पूर्व पतिबाट चार बच्चाहरूको बाल सहायताका लागि प्रति महिना २० लाख डलर भुक्तानीमा प्राप्त गर्नेछन्।
कार्दशियनले फेब्रुअरी १९, २०२१ मा सम्बन्ध विच्छेदको लागि फैसला दायर गरेकी थिइन्। छ वर्षको विवाहपछि कार्दशियन र कान्ये डिसेम्बर २६, २०२० मा अलग भएका थिए । उनीहरुका चार सन्तान छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९ १२:४५