एजेन्सी– करिब एक महिनादेखि बाहिर निकाल्न बिर्सेका बिरामीको आँखाबाट २३ वटा कन्ट्याक्ट लेन्स डाक्टरले निकालेको छ । एक डाक्टरले बिरामीको आँखाबाट २३ वटा कन्ट्याक्ट लेन्स निकालेको अनौठो भिडियो सेयर गरेकी छन् ।
डाक्टर कातेरिना कुर्तिभाले इन्स्टाग्राममा एक महिलाको आँखा मुनिबाट लेन्स निकाल्दै गरेको क्लिप पोस्ट गरेकी छन् । उक्त भिडियो भाइरल भएसँगै अहिले एक लाख भन्दा बढी भ्युज पाइसकेको छ ।
नेत्र रोग विशेषज्ञको पोष्ट अनुसार, बिरामीले आँखामा लेन्स प्रयोग गरेपछि बाहिर नलिई लगातार २३ दिनसम्म लेन्सको नयाँ सेट लगाएका थिए ।
क्यालिफोर्निया आई एसोसिएट्स इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै, लेखेको छ, ‘ एक दुर्लभ अवसर जब कसैले राती कन्ट्याक्ट लेन्स हटाउन बिर्से र हरेक बिहान नयाँ लगाइरह्यो। लगातार २३ दिन । मैले सबै कन्ट्याक्ट लेन्सहरू सावधानीपूर्वक छुट्याएको छु र जम्मा २३ वटा गन्ती गरेको छु। मैले कन्ट्याक्ट लेन्सहरू छुट्याउनको लागि धेरै राम्रो सर्जिकल उपकरण प्रयोग गरे ।’
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९ १३:३५