काठमाडौं– चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन भएको सरकारी सञ्चारमाध्यमले जनाएका छ । रक्तकोषिका र श्वेतरक्तकोषिकामा भएको अकल्पनीय उतारचढाव तथा बहुअङ्ग समस्याका कारण साङ्घाईमा आज मध्याह्न उनको निधन भएको हो। केहीबेर अघि चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को केन्द्रीय समितिले उनको निधनको घोषणा गरेको हो ।
पूर्वराष्ट्रपति चियाङले सन् १९८९ देखि २००२ सम्म सिपिसीको महासचिव, सोही वर्षदेखि सन् २००४ सम्म केन्द्रीय सैन्य आयोगको अध्यक्ष तथा सन् १९९३ देखि २००३ सम्म राष्ट्रपतिका रुपमा चीनको नेतृत्व गरेको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९ १५:०२