काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज समूह ‘सी’ र समूह ‘डी’ का दुई दुई खेल गरी चार खेलहरु हुनेछन् ।
पहिलो दुई खेलमा समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ ।
दुबै खेल नेपाली समय अनुसार बेलुका ८:४५ बाट सुरु हुनेछ ।
दोस्रो दुई खेलमा समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिकोबीच खेल हुदैछ ।
दुबै खेल नेपाली समयअनुसार राती १२:४५ मा हुनेछ ।
यस खेलहरुबाट समूह ‘सी’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।
एसियाली मुलुक कतारमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९ १७:२९