काठमाडाैं - भारतसँगको एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्यान्डले जितेको छ ।
बुधबार भएकाे तेस्रो खेल पनि वर्षाका कारण रद्द भएपछि न्युजिल्यान्डले शृङ्खला १–० ले जितेको हो ।
यसअघि पहिलो खेल पनि रद्द भएको थियो भने दोस्रो खेल न्युजिल्यान्डले जितेको थियो ।
न्युजिल्यान्डले आज भारतले दिएको दुई सय २० रनको लक्ष्य पछ्याउने क्रममा १८ ओभरमा एक विकेट गुमाएर एक सय चार रन बनाउँदाको अवस्थामा पानी परेपछि खेल रद्द भएको हो ।
यसअघि भएको तीन खेलकाे टी–२० शृङ्खला भारतले जितेको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९ १९:०७