बाजुरा - बाजुरामा आज बुधबार मतगणना सुरु नहुने भएको छ । आज दिउँसो बसेको बैठकमा सबै दलका प्रतिनिधि नआएपछि भोलि बिहीबार बिहान ७ बजे पुनः बैठक बस्ने र गणना थाल्ने मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिएका हुन् ।
आजै निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गर्दै दलहरूबीच सहमति गरेर मतगणना गर्न जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएकाे थियाे ।
बाजुरामा एमाले र कांग्रेसले छुट्टाछुट्टै गरी २० वटाभन्दा धेरै मतदान केन्द्रमा बुथ कब्जा गरेको भनेर निवेदन दिएका थिए ।
यस्तै स्याङ्जा २ मा चापाकोट नगरपालिकाका चार वटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरेर फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गरेका थिए । यही विवादमा आयाेगले आज मतगणना गर्न निर्देशन दिएकाे हाे ।
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९ १९:१६