काठमाडौं–नेपाल आर्थिक पत्रकार (समाज) को २६औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन् ।
उनले भने, ‘मुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैन । अब बन्ने सरकारले यो कुरालाई महसुस गरी प्राथमिकताका साथ निजी क्षेत्रको सहकार्यमा काम गर्नेछ ।’
अर्थतन्त्र सबल बनाउनका लागि निजी क्षेत्रको साथ आवश्यक भएको उनको भनाइ छ । कार्यक्रममा बोल्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पनि मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको साथ आवश्यक भएको बताए ।
उनले भने, ‘निजीकरण मोडेलमा त्रुटि भए सुधार गर्नुपर्छ । अर्थतन्त्र चलायमान बनाउनका लागि सही नीति र सही नेतृत्व आवश्यक छ ।’
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९ ११:२५