एजेन्सी– अवेध लागूऔषध प्रयोगको प्रमाण पुष्टि भएपछि एक थाई मन्दिर रितिएको छ । पेचाबुन प्रान्तको सानो धार्मिक स्थलमा सोमबार प्रहरी र स्वास्थ्य अधिकारीहरूले छापा मारेका थिए। सो क्रममा भिक्षुहरूको पिसाब परीक्षण गरिएको थियो जसमा उनीहरुले अवैध लागूऔषधको प्रयोग गरेको प्रमाण देखेपछि उनीहरुलाई निष्कासन गर्दै भिक्षुत्व छोड्न बाध्य पारिएको बैंकक पोस्टले रिपोर्टले जनाएको छ ।
भिक्षुले मन्दिर छाडेपछि स्थानीय समुदायमा त्रसित बनुका सार्थै जनावरहरूको चिन्ता बढेको छ। त्याहाँका स्थिानियलाई मन्दिरमा बस्ने कैयौं कुकुर र बिरालाको के होला भन्ने चिन्ता थपिएको बताए ।
जिल्ला अधिकारीहरूले बुङ साम फान जिल्लाका विहार प्रमुखलाई भेटेका छन्, जसले मन्दिरको लागि केही भिक्षुहरू नियुक्त गर्ने वाचा गरेको बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९ १३:१८