बीरगंज–पर्सा जिल्लाको बहुदरा माई नगरपालिका–७ बस्ने शिवनाथ सहनीको छोरा बर्ष २५ को सुरेन्द्र सहनीलाई शरीरको बिभिन्न भागमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । गत पुस १९ गते करिब साँझ ६ बजेको समयमा हत्या गरि जिल्ला पर्सा बिरगंज महानगरपालिका–२२ जगरनाथपुर स्थित बाँस घारिमा फालेको अवस्थामा प्रहरीले लाश फेला पारेको थियो ।
प्रहरीले जनाएअनुसार घटनाको सम्बन्धमा अनुसन्धान गर्दै जाने क्रममा उक्त घट्नामा संलग्न पर्सा जिल्ला बीरगंज महानगरपालिका–११ श्रीपुर बस्ने मथुरा साह जानुको छोरा बर्ष २२ को अजय कुमार साह, रानीघाट बस्ने उमेश साह कानुको छोरा बर्ष २० को कृष्ण कुमार गुप्ता तथा श्रीपुर बस्ने सोनालाल साह कानुको छोरा बर्ष २० को राजन साह कानुलाई आइतबार नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।