काठमाडौं–मानवसेवा आश्रमको आयोजनामा विराटनगरको हाटखोला मैदानमा गएराती मानवता प्रवद्र्धनका लागि नेपथ्यले लाइभ कन्सर्टमा गीत प्रस्तुत गरेको छ ।
नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङले विभिन्न गीत गाएका थिए। असहाय तथा बेसहाराहरुका लागि आर्थिक जोहो गर्ने उद्देश्यले आश्रमले मुलुकका प्रमुख १० सहरमा आयोजना गरेको सङ्गीत यात्राअन्तर्गत यो पहिलो कार्यक्रम हो ।
भारतको सिक्किम, आसामलगायत ठाउँबाट समेत गरी उक्त कार्यक्रममा झण्डै पाँच हजार सङ्गीत पारखीको उपस्थिति रहेको अनुमान छ ।
प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९ १०:०८