काठमाण्डौं – भ्रष्टाचार बिरुद्ध देशव्यापी रुपमा अभियान सञ्चालन गर्दै आएको बासको काठमाण्डौं शाखाको चौथो साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट नरेश न्यौपाने पुनः अध्यक्ष छानिएका छन् । बासका मध्यपश्चिमाञ्चल उपाध्यक्ष छबिलाल सुनार, पूर्व बरिष्ठ उपाध्यक्ष सुरेन्द्र शाही र बासका कार्यकारी निर्देशक नमस्कार शाहको बिशेष उपस्थितीमा सम्पन्न साधारणसभाले उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः रमेश दियालि, जना भण्डारी, राजेन्द्र पन्थी र शकुन्तला शाहलाई निर्विरोध चयन गरेको छ । त्यसैगरि सदस्यहरुमा क्रमशः कमल जैशी, राजन थापा, बिमला बि.क., भुपेन्द्र बम, राज कुमार श्रेष्ठ र प्रशान्त वलि रहेका छन् । अध्यक्षमा निर्बाचित भईसकेपश्चात न्यौपानेले भने —अव राजधानीमा भ्रष्टाचार बिरुद्ध सशक्त अभियान सञ्चालन गरिनेछ ।