स्याङ्जा- स्याङ्जा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।
प्रतिनिधिसभातर्फ कांग्रेसका उम्मेदवार केन्द्रीय उपसभापति धनराज गुरुङ पाँच हजार छ सय २७ मतान्तरसहित विजयी हुनुभएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए ।
उहाँले ३१ हजार चार सय ६६ मत प्राप्त गरेका छन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पद्माकुमारी अर्यालले २५ हजार आठ सय ३९ मत प्राप्त गरेका छन् ।
यसअघि विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा अर्याल यसै क्षेत्रबाट निर्वाचित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले आठ हजार एक सय १३ मत प्राप्त गरे ।
स्याङ्जा–२ (२) मा नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराई विजयी भए । भट्टराईले १८ हजार सात सय ८८ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १७ हजार दुई मत प्राप्त गरेका छन् । उनी एक हजार सात सय ८६ मतान्तर विजयी भएको हुन् ।
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९ ०९:१०