एजेन्सी– म्यानमारले शासन विरोधी गतिविधि गरेको आरोपमा ७ जना विद्यार्थीलाई मृत्युदण्डको सजाय सुनाएको छ । उक्त समूहलाई अप्रिलमा सरकारी स्वामित्वको ग्लोबल ट्रेजर बैंकका प्रबन्धकको हत्यामा संलग्न भएको आरोप छ।
यससँगै सेनाले मृत्युदण्ड सुनाएको व्यक्तिको संख्या १३९ पुगेको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघले म्यानमारको सेनाले विरोधीलाई दमन गर्न मृत्युदण्डलाई औजारको रूपमा प्रयोग गरेको आरोप लगाएको छ। सन् २०२१ को फेब्रुवरीमा आङ सान सुकीको नागरिक सरकारलाई सेनाले कु गरेपछि म्यानमारमा राजनीतिक उथलपुथल बढेको छ ।
यसै साता सेनाको एक अदालतले कम्तीमा सातजना विश्वविद्यालयका विद्यार्थी (छात्र) लाई मृत्युदण्डको सजाय सुनाएको मानवअधिकारका लागि राष्ट्रसंघका आयुक्त भोल्कर टर्कले एक विज्ञप्तिमा बताएका छन् ।
यांगुनस्थित विश्वविद्यालयका विद्यार्थीहरूलाई अप्रिलमा गिरफ्तार गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९ १२:३२