एजेन्सी– इङ्गल्याण्डका कप्तान ह्यारी केनले कतारमा जारि फिफा वोल्डकप फुटबल अन्तर्राष्ट्रिय प्रतियोगितामा नकआउट राउण्डमा सेनेगलसँग भिडन आफु र आफनो टिम फिट फर्ममा रहेको बताएका छन् । उनले इङ्गल्याण्ड उचाइमा पुग्ने समेत बताए ।
समूह चरणमा ९ गोलका साथ संयुक्त सर्वाधिक गोलकर्ता भएका इङ्गल्याण्डका लागि केनले कतारमा अहिलेसम्म नेट फेला पार्न भने सकेका छैनन्, तर तीन गोलसहित असिस्ट चार्टमा भने शीर्ष स्थानमा छन्।
उनले सन् २०१८ को विश्वकपकोमा सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए तर ती मध्ये पाँच समूह चरणमा थियो र सेमिफाइनलमा इङ्गल्याण्ड क्रोएसियासँग पराजित भएको थियो ।
केन कतारमा पनि सन् २०१८ को फिफा बोल्ड कपको इतिहासलाई उल्टाउने आशामा छन् । जसरी उनले गत वर्षको युरोमा नकआउट राउन्डमा चार गोल गर्दै इङ्गल्याण्ड फाइनलमा पुर्याएको थियो । तर इङ्गल्याण्डले इटालीसँग फाइनलमा हार बेहोरर्नु परेको थियो ।
‘मलाई लाग्छ कि यो विश्वकप २०१८ मा फर्किनेछ। शारीरिक र मानसिक पक्षबाट हामीले यस टूर्नामेंटको उत्कृष्ट सुरुवात गरेका छौँ, म शारीरिक र मानसिक रूपमा नकआउट चरणका लागि उत्कृष्ट स्थानमा छु । ’ केनले पत्रकारहरुलाइ भने ।
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९ १३:२२