बाँके – राप्ती नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर(६ फत्तेपुर ९डाँडा टेपरी० निवासी २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्चना थारु रहेका छन् ।
बयर टिप्न शनिबार घरबाट निस्केका उनीहरू राप्तीमा डुबेर बेपत्ता भएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले आइतबार बिहान फेला पारेका हुन् ।
अस्थायी प्रहरी चौकी फत्तेपुरका इन्चार्ज एवम् प्रहरी नायव निरीक्षक यमबहादुर बस्नेतले बेपत्ता भएका दुवै जनाको शव भेटिएको जानकारी दिए । शव पोष्टमार्टमका लागि नेपालगन्ज पठाउने तयारी भइरहेको उनले बताए ।
प्रहरीका अनुसार बयर टिप्न गाउँका ७ जना युवती गएका थिए । ति मध्ये नदीमा ५ जना पौडी खेलेर बाँच्न सफल भएपनि दुई जना वेपत्ता भएका थिए ।
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९ १४:१६