काठमाडौँ– भनिन्छ, ‘अभावले मानिसलाई सङ्घर्ष गर्न सिकाउँछ, अनि सङ्घर्षले सफलता मिल्छ ।’ त्यही भनाइलाई पछाउँदै विभिन्न समस्या र अभावका बीचबाट निरन्तर सङ्घर्ष गरी सामाजिक अभियन्ता डा विष्णुमाया परियारले विश्वमा इतिहास रचेको छ । उनको जन्म सन् १९७३ डिसेम्बर १९ मा गोरखाको दुर्गम ताक्लुङ गाविस कोट गाउँको दलित परिवारमा भएको थयो । उनको नाम अहिले अमेरिकाका चर्चित नागरिक अधिकारकर्र्मी रोजा पार्कसमेत समावेश भएको पाठ्यपुस्तकमा समावेश गरिएको छ ।
विश्वको इतिहास र भूगोल विषयको १२ नम्बर च्याप्टरमा वृत्तचित्र ‘अनटचेबल’ शीर्षकमा समावेश गरिएको विभिन्न ‘भिडियो स्लाइड सो’का माध्यमबाट पढाई हुन्छ । असमानता र जातीय भेदभाव तथा छुवाछूतबारे रोजालाई उद्धृत गरेर बुझाएपछि उदाहरणका रुपमा विष्णुमाया परियारलाई राखिएको छ । उनी भन्छिन्, “अनटचेबल शिर्षकमा नेपालमा स्थापना गरेको दलित महिला उत्थान सङ्घ (एड्वान) मार्फत भएका कामबारे छलफल गराइन्छ, २० मिनेट मेरो बारेमा पढाइ हुन्छ, अछूत र जातीय प्रणालीलाई संयुक्त राष्ट्र सङ्घको दिगो विकाससँग जोडेर पढाइ हुन्छ ।” सो पाठमा विभेदबारे जानकारी गराउने आठ वटा स्लाइड राखिएको छ । पाठ मासाचुसेट्सका सबै सरकारी विद्यालयमा लागू गरिएको छ ।
त्यसैगरी ‘दि राइटर्स माइन्डसेट’ पुस्तकमा ५२ जनाको जीवनी उल्लेख भएकोमा विष्णुमायाको कहानी पनि समावेश गरिएको छ । पुस्तकको ६९२ पृष्ठमध्ये ५९१–५९४ बीचको चार पृष्ठमा विष्णुमायाका बारेमा उल्लेख छ । डा लिसा हफ्नरद्वारा लिखित ‘दि राइटर्स माइन्डसेट’ अमेरिकाको टेक्सास म्यक्लेनन कम्युनिटी कलेजमा १९८९ देखि अध्ययन हुँदै आएको छ । यसभन्दा पहिले पनि नेपाली अछूत भनिएका महिलाका कहानी ११ सयभन्दा बढी विद्यालय, क्याम्पस र विश्वविद्यालयमा पढाइ भएको थियो । एड्वानकी संस्थापक तथा सिटी सहरकी महिला आयोग सदस्य विष्णुमायाले प्यासिफिक आइल्यान्डरकी कमिसनर भएर काम गरिरहनुभएको छ । विष्णुमायाले न्युजर्सी सिटीमा मेयरको सल्लाहकार समितिमा रहेर काम गरेको थियो ।
सङ्घर्षपूर्ण बाल्यकाल
बाबु रुपबहादुर परियार र आमा फनमाया परियारकी ठाहिंली छोरी डा विष्णुमायाको परिवारमा १० दिदीबहिनी र एक छोरा छन् । गरिबी, अभावसँगै समाजमा व्याप्त अछुत हुनुको पिडा , सदियौँदेखि दलित समुदायले भोग्दै आएको छुवाछूतको पिडाले उनको बालमस्तिष्कलाई नराम्ररी प्रभावित बनाउथ्यो ।
जातीय भेदभाव तथा छुवाछूतमात्रै हैन, छोरीलाई पढाउनुपर्छ भन्ने चेतना पनि त्यतिबेला खुलेकै थिएन । बुबा रुपबहादुरको काम भनेको विष्ट (उपल्लो जात भनिएका व्यक्ति) कोमा लुगा सिलाउने थियो भने आमा फनमाया तिनै विष्टका घरमा बाली उठाउन हिड्ने गथिन्न् । विष्णुमाया भन्छिन्, “मेरो बाबाले हजारौँ कपडालाई नयाँ स्वरूप दिनुभयो, कति कलका सिगोहरु भाँचिए, आमाले बाली बोक्ने कति डोकाहरु फाटे, तर आफ्नो परिवारमा कहिल्यै काँचुली फेरिएन, शरीरले कहिल्यै चम्किलो कपडा देखेन । बुबा नभएको भए म यो ठाउँमा हुने कल्पनासम्म पनि गर्न सक्थिनँ ।”
अहिले अमेरिकाको पाइन म्यानर कलेजले मानार्थ डा को उपाधि दिए पनि विष्णुमायाको जीवनको शुरुआती दिनहरू अहिलेकोे जस्ता थिएनन् । स्कूल पढ्दा विष्णुमायाले तिर्खाएका बेला धारामा गएर पानी खान पाउदैनथिए। सरस्वती पूजाको दिन पूजा गर्न मनाही थियो । यो सम्झदा विष्णुमायाका आँखाका डिल रसाउँछन् । विष्टको घरमा खाना खाएपछि आफैँले भाडा माझ्नुपथ्र्यो, खाएको ठाउँमा गोवरले पोत्नुपर्ने र सुनपानीले छर्किनुपर्ने । आफू सानै छँदासोधिएको जिज्ञासामा बाबु रुपबहादुरको जवाफ “यो जातीय विभेद हो छोरी, तिमीहरु यसको विरुद्धमा लड्नुपर्छ” भन्ने भनाइ नै विष्णुमायालाई जीवनको मूल मन्त्र बन्यो । त्यसैले होला विष्णुमायाको कलिलो दिमागमा विद्रोहको भाव आयो–“बरु म यतिकै तिर्खाले मर्छु तर अन्जुलीमा पानी थापेर खान्न ।”
बुबाले पढ्न पठाउने मन गरेपनि पढ्नका लागि चाहिने वातावरण घरमा थिएन । उनले कक्षा ७ सम्म स्थानीय श्री सिंजाली माविमा अध्ययन गरे । घरमा चरम आर्थिक अभाव थियो । त्यसपछि घरको आर्थिक अवस्था कमजोर भएपनि साढे दुई घन्टाको दूरी हिडेर अर्को गाउँको विद्यालयमा पढ्न जाने गथिन्न् विष्णुमाया । उनी भन्छन् “ठूलो परिवार थियो, त्यसैमाथि गरिबी, गरिबीका कारण घरमा चामलको भात देख्न पाइँदैनथियो ।” अर्को गाउँको विद्यालय मनकामनाबाट विष्णुमायाले कक्षा १० पास गरिन् । “एसएलसीमा राम्रो गर्नको लागि म घ्याल्चोक भन्ने ठाउँमा पढ्न गएँ, त्यतिबेला एकजना क्षेत्रीको गोठमा बसेको थिएँ, मेरा साथीहरु नेवार थरको थियो, सबैले खाइसकेपछि मात्रै मैले खाना खानुपथ्र्यो । खाना खाएपछि भाँडा माझेर आफू बसेको ठाउँमा गोबरले लिप्नुपथ्यो, सुकेपछि आगो र सुनपानी छर्किएर उनीहरू ‘पवित्र’ पार्थे” उनले भने ।
आर्थिक अभावका बीच विष्णुमायाले २०४८ सालमा एसएलसी उत्तीर्ण गरिन् । एसएलसी दिँदै गर्दा अमेरिकी स्वयंसेवी संस्था पिसकोरका स्वयंसेवक जोन रुकम्यानसँग भेट भयो । विष्णुमायाको प्रतिभा देखेर उच्च शिक्षा आर्जनका लागि जोनबाट सघाउने आश्वासन पाएको दिन विष्णुमायालाई संसार जितेजस्तो भयो । दलित परिवारबाट एसएलसी गर्ने पहिलो छात्रा बनेकी विष्णुमायालाई आफ्ना बाबुसँग ६० रुपैयाँ लिएर काठमाडौँ झरे । काठमाडौँमा पनि छुवाछूत उस्तै थियो । दलित भनेपछि कोठा भाडामा पाउनै समस्या । काठमाडौँमा उनmे अभावसँगै छुवाछुतलाई पनि सामना गर्नुप¥यो ।
काठमाडौँमा पद्मकन्या क्याम्पसमा अध्ययन सुरु गरिन् । पढाइसँगै उनलेउपेक्षित समुदायका लागि लघुवित्त परियोजनामा तराईका केही जिल्लामा काम सुरु गरे । सन् १९९९ मा विष्णुमाया अमेरिका पुगे। त्यहाँ उनले पाइन म्यानर कलेज बोस्टनबाट ‘सोसियल एण्ड पोलिटिकल सिस्टम’ विषययमा ग्रयाजुयसन गर्ने मौका पाइन् । सानैदेखि पढाईमा अब्बल विष्णुमाया संसारमै ३० जनाको मात्र कोटा भएको क्लार्क युनिर्भसिटीमा ‘अन्तर्राष्ट्रिय विकास तथा सामाजिक परिवर्तनमा’ छात्रवृत्ति पाउने नेपालको पहिलो महिला हुन् । त्यसैबेला विष्णुमायाले पस्मिनाका सलहरु अमेरिकामा बेचेर नेपालका विपन्न परिवारलाई आर्थिक सहयोग समेत गरिन् । त्यसबाट उहाँले वर्षमा २८ लाखसम्मको व्यापार गरेर नेपालको शिक्षा, महिला सशक्तीकरण र सामाजिक काममा सहयोग गरे । अमेरिका गएपछि सबैभन्दा पहिले सामाजिक कामसँगै विष्णुमायाको काम अङ्ग्रेजी सिक्ने भयो । त्यसका लागि उहाँ यिनी नर्थ इस्र्टन युनिभर्सिटीमा भर्ना भइन् ।
सम्मान तथा पुरस्कार
डा विष्णुमायालाई सन् २००६ मा हाडवर्ड विश्वविद्यालयले ब्रिज विल्डर अवार्डबाट सम्मान गरेको थियो । जुन सम्मान विश्वका छ व्यक्तिलाई मात्रै प्रदान गरिएको थियो । सन् २००६ मा संयुक्त राष्ट्र सङ्घले पाँच हजार डलरसहित मानव अधिकार पुरस्कार दिएको थियो । त्यो पुरस्कार विश्वका छ जनाले मात्र पाएका थिए । सन् २००७ मा विश्व बैङ्कले विश्वका ११ जना व्यक्तिलाई प्रदान गरेको ११ हजार डलरसहितको पुरस्कार प्राप्त गरेको थियो । अमेरिकाको क्लार्क विश्वविद्यालयबाट सामाजिक परिवर्तन र अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर विष्णुमायालाई पाइन म्यानर कलेजले सन २०१३ मा ‘अनररी डक्टरेड’ (वियोन्ड द पिएचडी) ले सम्मान ग¥यो । ‘ग्लोबल युथ लिडरसिप अवार्ड २०१९, ब्रिज बिल्डर अवार्ड र प्रेसिडेन्ट कप अवार्डबाट उनलाई सम्मान गरिएको थियो ।
अमेरिकाको केन्टोकी राज्यमा २७ सेप्टेम्बर, २०१५ मा ‘विष्णुमाया परियार डे’ घोषणा गरेर सेलिब्रेट गरियो । अन्तराष्ट्रिय कलाकार समाज (इनास) अमेरिकाले हालै उनीसहित ११ नेपाली व्यक्तित्वलाई सम्मानीत गरेको छ । विष्णुमायाले नेपालको इन्द्रावती गाउँपालिका र जर्सी सिटीबीच भगेनी सम्बन्ध स्थापित गरेको छ । उनले अमेरिकाको न्युजर्सी सिटीमा नेपाली झन्डा फहराएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९ १५:४३