एजेन्सी– ग्रीसको थेस्सालोनिकी नजिकैको दिवाता गाउँको शरणार्थी शिविरमा बस्ने महिलाहरूको समूहले मियामी आर्ट वीकको दौरान ‘वन वर्ल्ड शो नामक प्रदर्शनीमा कला देखाएका छन् । यस प्रदर्शनिमा महिलाहरूले खिचिएको र मोडेल गरिएको फोटोग्राफीलाई फिचर गरिएको छ ।
अफगानिस्तान, सिरिया र इरान लगायतका देशहरूबाट भागेका ५० भन्दा बढी उदीयमान फोटोग्राफरहरूले उनीहरूको रचनात्मक सीप विकास गर्न, उनीहरूको आवाज पुनः बुलन्द गर्न र उनीहरूको पहिचान पुनर्स्थापित गर्न यस फोटो प्रदर्शनि राखिएको बताए ।
अफगानिस्तानकी २८ वर्षीया फरजान नाइमीले “स्ट्रेन्थ” नामक तस्बिर प्रस्तुत गरिन् ।‘म छ वर्ष पहिले अफगानिस्तान छोडेर इरान आएँ, र म तीन वर्ष इरानमा बसें, नाइमीले एक विज्ञप्तिमा भने। “इरानमा भएको समस्याका कारण मैले परिवारसहित देश छाडेँ। हामीले टर्की जान खोज्यौं र इरानको प्रहरीले हामीलाई समातेर अफगानिस्तान फर्काइदियो।
त्यसपछि उनको परिवार टर्कीमा गयो जहाँ , छ महिना भन्दा बढी, हामीले छ पटक ग्रीस जाने प्रयास गर्यौ तर दुर्भाग्यवश, प्रहरीले हामीलाई समात्यो।अन्त सातौं पटक हामीले प्रयास गर्यौं र हामी ग्रीस पुग्यौं।नाइमी चार वर्षदेखि शिविरमा बस्दै आएको बताए ।
अफगानिस्तानकी २९ वर्षीया मासुमे ताजिकले शक्तिशाली आर्ट शोमा ‘ड्रीम्स’ शीर्षकको काम गरेकी छिन्।
‘मैले चार वर्ष पहिले इरान छोडेर ग्रीसमा सुरक्षित हुन र स्वतन्त्र हुन आएँ, तर मैले धेरै सीमाहरू पार गर्नुपर्यो,’ उनी भन्छिन्, “म र मेरो परिवार इरानबाट टर्की पैदल र त्यसपछि टर्कीबाट ग्रीस डुङ्गाबाट आएका थिए, जसमा नौ घण्टा लाग्यो। हामीलाई ग्रीस पुग्न केही समय लाग्यो। जब हामी ग्रीस पुग्यौं, म शरणार्थी शिविरमा गएँ। करिब चार वर्षदेखि शिविरमा बसेकी छु ।’
यस फाटो शोको बिक्रीबाट प्राप्त हुने रकम फोटोग्राफी स्कूलमा जाने बताइएको छ जहाँ महिलाहरूलाई तालिम दिने गरिन्छ ।