काठमाडौं– उपन्यासकार आनन अच्युतको तेस्रो कृति ढल्किएको आकाश नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा सार्वजनिक भएको छ ।
नायक आर्यन सिग्देल, साहित्यकार गोविन्द गिरी प्रेरणा, देवनाथ न्यौपाने, रामचन्द्र सिग्देल, पुरुषोत्तम न्यौपाने, सिताराम ढकाल, फिल्म निर्देशक दिनेश राउत र लेखक स्वयम् आनन अच्युतले पुस्तकको संयुक्त विमोचन गरेका थिए ।
‘कथामा यौन छ । प्रकृति छ । समाज छ । समाजका मानिसहरुका कथा, व्यथा छन् । परदेशमा बसेर लेखकले नेपाली समाज छाम्ने राम्रो प्रयत्न गरेका छन् ।’ समिक्षक बोधराज पौडेलको टिप्पणी थियो ।
त्यस्तै अर्का समिक्षक पुरुषोत्तम न्यौपानेले लेखकको लेखन शैली सुन्दर रहेको धारणा राखे । कथा लेखनमा लेखकले केही नयाँ प्रयोग पनि गरेको प्रकाशन गृहका कार्यकारी प्रमुख सूर्य बिसीले जानकारी दिए ।
बिएन पुस्तक संसार प्रालिले प्रकाशन गरेको उक्त कथा संग्रहमा १४ वटा कथा समाविष्ट गरिएकोछ । १९२ पृष्ठको उक्त पुस्तकको बजार मुल्य ३७५ रहेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९ १३:१६