नवलपरासी पश्चिम– संघीय सांसद बिनोद चौधरीले पश्चिम नवलपरासीको समृद्ध विकास का लागीे राष्ट्र सेवक कर्मचारीहरुसँग बहस पैरवी अघि बढाएको छ । पश्चिम नवलपरासीको परासीमा चौधरीले सरकारी कार्यालयका प्रमुखहरु बिच छलफल तथा बहस चलाउदै जिल्लामा कार्यान्वयनमा आउने सवै साना ठुला योजना तथा आयोजनाहरुलाई पारिदर्शी रुपमा निमार्ण सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
छलफलका क्रममा हाल जिल्लामा पालिका स्तर देखी प्रदेश र संघीय सरकारको लगानी भईरहेका योजना तथा आयोजनाहरुको विस्तृत अवस्था र आगामी दिनमा गर्न सकिने प्रयास वारे बृहद छलफल गरिएको थियो ।
बहस पैरवी छलफलमा बोल्दै सांसद चौधरीले समृद्ध नवलपरासीको विकासमा आफु राष्ट्र सेवक कर्मचारीहरुको सहयोग र साथबाट अघि बढ्न चाहेको बताए ।
सो क्रममा चौधरीले बिकासका लागी स्थानिय तह , प्रदेश सरकार र संघीय सरकारको सहजीकरणमा हाल जिल्लामा कार्यान्वयनमा रहेका विकास निमार्णका कामलाई तिब्र रुपमा अघि बढाउने बताए ।
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९ १३:२७